गण्डकीकाे मन्त्रिपरिषद् बिस्तारमा गठबन्धन तगारो
पाेखरा | बैशाख २३, २०८०
पोखरा: गण्डकीका प्रदेशको पाँचौ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका सुरेन्द्रराज पाण्डेले अझै मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।
बैशाख १४ गते नेपाली कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहित ३५ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तमा भएका पाण्डेले केही दिनमै मन्त्रालयलाई पूर्णणा दिने बचन दिएपनि हालसम्म गण्डकी प्रदेशमा मन्त्रिपरिषद्को टुंगो लाग्न सकेको छैन ।
पाण्डे नेतृत्वको सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नुकौ मुख्य कारण गठबन्धन रहेको कांग्रेसका एक सांसदको बुझाई छ । ‘कुनै पनि दलको स्पष्ट बहुमत नभएपछि मिलेमतोमा बनेको सरकार त हो, ति सांसदले भने, ‘केही दिनमै कुन दलबाट कुन मन्त्री बन्ने टुंगो लाग्ला ।’
मुख्यमन्त्री पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण लगत्तै कांग्रेसबाट सरस्वती तिवारी अर्याल र माओवादी केन्द्रबाट सुशिला सिम्खडालाई विना विभागीय मन्त्रीमा नियुक्त गरे ।
वैशाख १५ गते पदभार ग्रहण गरेको पाण्डेले २१ गते विश्वासको मत लिएपछि पत्रकारहरुले मन्त्रालयले कहिले पूर्णता पाउँछ भन्ने प्रश्नमा केही दिनमा पूर्णता दिने बताएका थिए ।
तर आफु नियुक्त भएको हप्ता दिन बित्दासमेत मन्त्रिपरिषद्को टुंगो नलाग्नु दुखद पक्ष हो ।
तर गण्डकी प्रदेशका विनाविभागीय मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता सरस्वती तिवारी अर्यालले गठबन्धनमा आन्तरिक सहमति भइसकेको बताउदै केही दिनमा मन्त्रालयले पूर्णता पाउने सुनाइन् । ‘गण्डकीमा कसले कति मन्त्रालय लिने भन्ने विषयमा गठबन्धनभित्र आन्तरिक सहमति भएको छ, मन्त्रालयले केही दिनमा पूर्णता पाउँछ, प्रवक्ता तिवारीले भनिन् ‘राष्ट्रिय सहमतिमा सरकार बनेकाले त्यसै अनुसार नै मन्त्रालयमा भागबण्डा भएको छ ।’
कुन दलले कति र कुन–कुन मन्त्रालय लिने भन्ने सवालमा भागबण्डा मिलेपनि कांग्रेसलाईनै मन्त्री छान्न नै सकस परेको छ । ‘बाँकी २५ जना नै मन्त्रालय सम्हाल्न सक्षम छन् पार्टीको कुरो हो कसलाई पठाउँछ भन्न सकिदैन,’ कांग्रेसका एक सांसदले भने ।
पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले १२ मन्त्रालयलाई घटाएर ७ मन्त्रालय बनाएका थिए ।
अहिलेका मुख्यमन्त्री पाण्डेले पनि ७ मन्त्रालयलाई नै कायम गर्ने प्रतिबद्धता जनाएका थिए ।
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...
पोखरा: कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...

